वि.सं:
नेपाल संवत: ११४५ कौलाथ्व पञ्चमी - ५
पशुपालनबाट राष्ट्रको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । पशुपालन व्यवसायमा देखिएका समस्याहरुमध्ये पशुपन्छीहरुमा लाग्ने रोेग पनि एक हो । यस कारण यी रोगहरुलाई रोकथाम गर्न पशु तथा पशुजन्य पदार्थहरु, पशु उत्पादन सामग्रीहरुको आयात निर्यातलाई व्यवस्थित गर्न पशु क्वारेन्टाईन कार्य लाई प्रभावकारी रुपमा अघि सारिएको हो ।
पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीमा कुनै रोग लागेको छ वा छैन भन्ने कुरा एकिन गर्न पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरुलाई कुनै खास ठाउँमा तोकिएको अवधिमा परिक्षणको लागि एकसाथ वा अलग अलग राख्ने कामलाई पशु क्वारेन्टाईन भनिन्छ ।
नेपालमा पशु क्वारेन्टाईनको विकास क्रम हेर्दा सन् १९६० को दशकमा गौगाटी रोग महामारी फैलिदा पशु क्वारेन्टाईनको भूमिकालाई मनन् गरी नेपाल अधिराज्यका ४ वटा विकास क्षेत्रमा तराईबाट पहाडमा रोग नभित्रियोस् भनी तराईका जिल्लामा पशु क्वारेन्टाईन चेकपोष्टहरु स्थापना गरिएका थिए ।
त्यसपछि सन् १९८०—१९८५ मा एशियाली विकास बैकको ऋण सहयोगमा संचालित पहिलो पशु विकास आयोजनाले पशुपन्छीको बढी आवत जावत हुने नाकाहरुमा २० वटा पशु क्वारेन्टाईन चेकपोष्टहरु स्थापना गरेको थियो । ती चेकपोेष्टहरुमा एक जना ना.प्रा.स. तथा एक जना मेसेन्जरको अस्थायी दरबन्दी सृजना गरेको थियो र यी चेकपोष्टहरु जिल्ला पशु सेवा कार्यालय अन्तर्गत रही पशु उपचार तथा प्रचार प्रसार कार्य गरि रहेका थिए । सन् १९९२ मा कृषि मन्त्रालयको दरबन्दी पुर्नसंरचना अनुरुप क्वारेन्टाईन चेकपोष्टको महत्व बुझि तत्कालिन नेपाल सरकारले केन्द्रमा एउटा केन्द्रिय पशु क्वारेन्टाईन शाखा स्थापना गरी यो अन्तर्गत २४ वटा पशु क्वारेन्टाईन चेकपोष्टहरु स्थापना गरिए र ती पशु क्वारेन्टाईन चेकपोष्टहरुमा एक जना प.चि. २ जना प्रा.स. र २ जना मेसेन्जरको दरबन्दीको व्यवस्था गरिएको थियो भने हाल आएर केन्द्रिय स्तरमा एउटा पशु क्वारेन्टाइन महाशाखा र नेपाल भरीमा ८ वटा पशु क्वारेन्टाइन कार्यालय राखी चेकपोष्टहरुलाई ती कार्यालय अन्तर्गत राखिएको छ । ती ८ वटा पशु क्वारेन्टाईन कार्यालयहरु मध्ये पशु क्वारेन्टाइन कार्यालय गड्डाचौकी, कञ्चनपुर पनि एक हो जस अन्र्तगत ४ वटा पशु क्वारेन्टाईन चेकपोष्टहरु, दार्चुला, धनगढी, बेलौरी र गड्डाचौकी रहेका छन्