हाम्रो मिशन

बाह्य मुलुकबाट भित्रिन सक्ने नयां रोग तथा संक्रामक रोगहरुलाई भित्रिन नदिन ।

पशु पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आयात निर्यातलाई व्यवस्थित गर्ने

देशभित्र कुनै संक्रामक रोग भित्रिई फैलिएमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, पशु सेवा शाखा (स्थानीय तह) तथा अन्य निकायसंग समन्वय गरी रोगथाम र नियन्त्रण गर्ने ।

बाह्य मुलुकबाट भित्रिन सक्ने संक्रामक रोगको वारेमा जनचेतना जगाउने ।

रोग नियन्त्रण र निदान कार्यमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, पशु सेवा शाखा (स्थानीय तह) तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई सहयोग गर्ने ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र तत् सम्बन्धि नियमावली २०५६ मा भएका क्वारेन्टाईन सम्बन्धि दफा उपदफाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्री तथा रोगहरुको अध्यावधिक तथ्यांक राखी पशु क्वारेन्टाइन महाशाखा, पशु सेवा विभाग ्रमा पठाउने ।