क्वारेन्टाइन कार्यालय गड्डाचौकीको अनुरोध

Notice from animal quarantine office gaddachauki

पशु क्वारेन्टाइन कार्यालय, गड्डाचौकी, कंचनपुरको अनुरोध ।

  • बाह्य मुलुकमा पशुपन्छी, माछा, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्री आयात/निर्यात गर्दा सम्बन्धित मुलुकवाट पशु स्वस्थताको प्रमाणपत्र/ सेनेटरी प्रमाणपत्र सहित आवश्यक अन्य कागजात सहित पशु क्वारेन्टाइन चेकपोस्टको बाटो भएर मात्र सम्बन्धित चेकपोस्टवाट क्वारेन्टाइन प्रमाणपत्र लिएर मात्र आयात/निर्यात गर्ने गरौ ।
  • देश भित्र उत्पादित पशुपन्छी, पशुपन्छी जन्य पदार्थ तथा पशु उत्पादन सामग्रीहरुको एक जिल्ला वाट अर्को जिल्लामा ओसारपसार गर्दा अनिवार्य रुपमा दर्तावाल पशु चिकित्सकहरु वाट पशु चेकजांच गरी अनिवार्य रुपमा पशु स्वास्थ्यताको प्रमाणपत्र लिने गरौ ।
  • पशुपन्छी संग सम्बन्धित कार्य वा पशुपन्छी ढुवानी गर्दा, पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५, पशु ढुवानी मापदण्ड २०६४ र पशु कल्याण निर्देशिका २०७३ अनुरुप कार्य गर्ने गरौ ।
  • पशुपन्छी ओसारपसार गर्दा तपशिल बमोजिमका कुराहरु पालना गर्ने गरौ ।

१. पशु दुवानीकर्ताले  अनिवार्य रुपमा परिषदमा दर्तावाल पशु चिकित्सक द्वारा मात्र जारी गरीएको पशु स्वास्थ्य प्रमाण संगै लिने गरौ ।

२. पशु ओसारपसार गर्दा पशुलाई यातना नहुने गरी, अस्वाभाविक रुपमा नाक, पुच्छर र खुट्टामा डोरी बाँधी ढुवानी नगरौ ।

३. खुट्टामा डोरी बाँधी मोटरसाइकल तथा साइकलहरुमा झुन्डाएर ओसारपसार नगरौ ।

४. क्षमता भन्दा बढी र साना ठुला पशु एकै ठाउँमा राखी, बसको डिक्की, छतमा तथा यात्रुवाहक सवारी साधनमा राखेर ढुवानी नगरौ / नगराउ ।

५. रोगि र घाइते पशुको ओसारपसार नगरौ ।

६. पशु प्रति निर्दयी व्यवहार गरेमा मुलुकी ऐन अपराध संहिता २०७४ को दफा २९० को उपदफा २ बमोजिम तिन महिना सम्म कैद वा ५,००० (पाँच हजार सम्म) जरिवाना वा दुवै सजाय हुन सक्ने छ ।

  • माथि उल्लेखित कुराहरु उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा पशु क्वारेन्टाइन कार्यालयहरुमा जानकारी गरौ ।