वि.सं:
नेपाल संवत: ११४५ कौलाथ्व पञ्चमी - ५
पशुपन्छीको दानाको गुणस्तर कायमका लागि नेपाल सरकारले कुखुराको दानाको गुणस्तर मिति २०८०/०२/१५ को राजपत्र र दुध दिने गाई भैसीको दानाको लागि मिति २०४७/०३/१८ गतेको राजपत्रमा दानामा हुनुपर्ने चारित्रिक गुण निर्धिस्ट गरेको छ । पशुपन्छी तथा माछाको दानामा एन्टिबायोटिक (Antibiotics) र ढुसी (Aflatoxin) हुनु हुदैन । साथै दानामा क्रुड प्रोटिन कम्तिमा २०% हुनुपर्ने प्रावधान भएको हुँदा नेपाल सरकारले तोकेको मापदण्ड अपुग भएका पशुपन्छी तथा माछाका दाना उत्पादन, बिक्रि वितरण नगर्न नगराउन सम्पूर्ण सरोकारवालाहरुलाई अनुरोध छ ।